काठमाडौं क्षेत्र नं ४ र ५ का प्रतिनिधि सभा सदस्यलाई बुढानिलकण्ठ नगरपालिकाको स्वागत तथा बधाई
कपन अनलाइन
काठमाण्डौ,चैत ६।
बुढानिलकण्ठ नगरपालिका ले काठमाडौं क्षेत्र नम्बर ४ र ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई औपचारिक रूपमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य पुकार बम र क्षेत्र नं ५ का सस्मित पोखरेललाई बधाई ज्ञापन सहित स्वागत गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , उपप्रमुख अनितालामा , प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु , नगर कार्यपालिका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको सो कार्यक्रममाले नव निर्वाचित सांसदहरूलाई खादा तथा माला लगाएर सम्मान गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो।
सो कार्यक्रममा बोल्दै सांसदहरूले जनताको अपेक्षा अनुसार विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउदै बुढानिलकण्ठ नगर क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनामा प्राथमिकता दिने बताएका थिए।
