बुढानिलकण्ठ स्कूलमा विभिन्न पदका लागि कर्मचारी माग !
कपन अनलाइन
काठमाण्डौ,चैत ६।
बुढानिलकण्ठ स्कूल, काठमाडौंले विभिन्न पदका लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ। विद्यालयले करार सेवामा तीन फरक पदका लागि आवेदन आह्वान गरेको हो।
प्रकाशित सूचनाअनुसार पशु सेवा प्राविधिक, हेड सेक्युरिटी गार्ड र इलेक्ट्रीसियन पदका लागि एक–एक जना कर्मचारी माग गरिएको छ। ती सबै पदका लागि लिखित तथा अन्तर्वार्ता मार्फत छनोट प्रक्रिया अघि बढाइने विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार इच्छुक तथा योग्य उम्मेदवारहरूले विस्तृत जानकारी र आवेदन फाराम विद्यालयबाट वा विद्यालयको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सक्नेछन्।
तपाइँको प्रतिक्रिया ।
