काठमाण्डौ क्षेत्र नं ४ का तिन जना नेपाली कांग्रेस केन्द्रीय प्रचार समितिमा मनोनित
कपन अनलाइन
काठमाण्डौ,फगुन ३।
काठमाण्डौ क्षेत्र नं ४ का तिन जना नेपाली कांग्रेस केन्द्रीय प्रचार समितिमा मनोनित भएका छन।
कांग्रेसले गठन गरेको देवराज चालिसे संयोजकत्वको केन्द्रीय प्रचार समितिको सदस्यमा विसुकुमार केसी, सुदर्शन आचार्य र केशव पाठक मनोनीत भएका छन् ।
बुढानीलकण्ठ- ११ निवासी विसुकुमार केसी पूर्व प्रशासकका साथै नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्ष हुन् भने बुढानीलकण्ठ- २ निवासी सुदर्शन आचार्य प्रेस काउन्सिलका पूर्व सदस्य रहेका उनि नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका पूर्व अध्यक्ष पनि हुन् ।
बुढानीलकण्ठ- १ निवासी केशव पाठक लामो समयदेखि लेखन तथा पत्रकारितामा सक्रिय रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।
