बुढानिलकण्ठ तौलुंगबाट श्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित एक जना
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
श्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८१ माघ २२ गते बिहान करिब ४:३० बजे प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठ नगरपालिका–१, तौलुङ क्षेत्रमा गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कोटेश्वर बस्ने वर्ष ४५ का प्रवीण किसनलाई नियन्त्रणमा लिइएको र उनको साथबाट श्रोत नखुलेको नगद रकम रु. १८,५०,००० (अक्षरूपी अठार लाख पचास हजार रुपैयाँ) बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको नगद रकमसहित उक्त व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।
