काठमाण्डौ क्षेत्र नं ४ मा को को छन सचिनको चुनावी रथका सारथि ?
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका सचिन तिमल्सिना अहिले आक्रामक चुनावी मैदानमा रहेका छन।
शुरुका केहि दिन सचिनको उम्मेद्वारीले “शक्ड” बनेका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु अहिले चुनावी प्रचारको लयमा फर्किएका छन भने आन्तरिक भेला र बैठक पनि तीव्र हुदै गएका छन।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले लगातार तिन पटक जितेको यस क्षेत्रमा यसपटक अगाडी सारिएका सचिनको चुनावी व्यवस्थापनका लागि प्रभावशाली नेताहरुको सहभागितामा सचिवालय गठन गरिएको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसको चुनावी रथ हाक्नका लागि क्षेत्रीय पदाधिकारी सहित विभिन्न प्रभावशाली नेताहरु रहेको निर्वाचन व्यवस्थापन सचिवालय गठन गरिएको हो।
नेपाली कांग्रेसले चुनावी अभियानलाई प्रभावकारी बनाउनका लागि क्षेत्रीय सभापति श्यामकृष्ण संगत सहित पदाधिकारीका साथमा सक्रिय नेताहरु राजु थापा, इन्द्र बहादुर थापा,रबिन अधिकारी,अरुण बस्नेत,बिनोद चालिसे,राजाराम बुढाथोकी, सुदर्शन आचार्य र न्युछे नारायण श्रेष्ठलाई सचिवालयको जिम्मेवारी प्रदान गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
