अब उठ्नुपर्छ : पुष्पा दाहाल ( कविता )

अब उठ्नुपर्छ : पुष्पा दाहाल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।

ए कान्छा ! उठ् न
पारिजात फुलिसक्यो
बेली, चमेली उठ्न लागे
म क्रान्ति ल्याउने सूर्य हुँ भन्थिस्
दिन भुल्थिस् ननिदाएको रात गन्थिस्
पहाडका ढिस्काहरू सुस्केराले ढाल्छु भन्थिस्
ऊ एक कदम चाल्दा आफू दुई कदम चाल्छु भन्थिस्
शिरमा हिमाल, पाउमा तराई
छातीमा पहाड सजाएर उठ्
सूर्यले संघार पोत्नै लाग्यो
शान्तिको विगुल बजाएर उठ्
बिस्तारै उठ्
धर्ती छोडेर फुत्त उड्न नखोज
गिद्वले अकस्मात ! उडाउन सक्छ
देशलाई मुटुमा लिएर उठ्
सूर्य बादलभित्रैबाट पनि उदाउन सक्छ
सपना आकाशमा नसाँच
माटो बिर्सेर नहाँस्
दुष्मनले सास चुडाउन सक्छ
ए कान्छा ! उठ् अब उठ्नुपर्छ
ऊ नेपाली, तँ नेपाली अब जुट्नुपर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।