४० वर्ष देखि काठमाण्डौ-५ मा ईश्वर पोखरेलको सक्रियता : हारजीत पर्वाह नगरी सेवा गर्ने प्रतिवद्दता
कपन अनलाइन
काठमाण्डौ ,माघ १६ ।
काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका ईश्वर पोखरेलले क्षेत्रको विकासका लागि आफ्ना योजनाहरु बताएका छन्
बुढानीलकण्ठ नगरपालिकामा रहेका पाँचवटा वडाहरूको संयुक्त रुपमा आयोजना गर्दै निर्वाचन परिचालन कमिटी घोषणा गरिएको कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ५ का उम्मेदवार पोखरेलले आफूले विगत ४० वर्ष देखि यसै क्षेत्रमा सक्रिय रहेको स्मरण गरेका थिए
काठमाडौँ क्षेत्र नम्बर ५ केवल आफ्नो राजनीतिक क्षेत्र मात्र नभई आफ्ना स्मरणहरू भोगाइहरू अनुभवहरू र आफ्नो व्यक्तिगत स्मरणसँग पनि जोडिएको बताउँदै पोखरेलले यस क्षेत्रमा खानेपानी विशेषता खानेपानी र पर्यटन विकासको लागि आफू लाग्ने बताउँदै त्यसका लागि सबै परिचालित भएर निर्वाचनमा सहयोगका लागि अपिल समेत गरेका छन्।
त्यस्तै परिचलन कमिटी घोषणा भन्दा पहिला बुढानिलकण्ठ भगवानको दर्शनमा पुगेका पोखरेलले सो मन्दिरलाई विश्व सम्पदा सुचिमा पार्नका लागि पहल गरेको स्मरण गर्दै त्यसका लागि थप पहल गर्ने प्रतिवद्दत्ता समेत व्यक्त गरेका थिए।
तपाइँको प्रतिक्रिया ।
