कांग्रेस सभापति भएपछी गगन थापाको काठमाण्डौ क्षेत्र नं ४ मा पहिलो कार्यक्रम भोलि …..
कपन अनलाइन
काठमाण्डौ ,माघ १६।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आफुले लगातार तीनवटा निर्वाचन जितेको काठमाण्डौ क्षेत्र नं ४ आउने भएका छन ।
नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ मा आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा सभापति थापाको प्रमुख अतिथि रहेका छन।
आफ्नो इतिहास र सुखद स्मरण दुवै रहेको निर्वाचन क्षेत्रमा सचिन तिमल्सेनालाई चुनावी मैदानमा उतारेका सभापति थापाले भोलि बिहान ८ बजे कार्की इभेन्ट्स बुढानिलकण्ठ-१० मा हुने कार्यक्रममा गर्ने सम्बोधन र निर्देशन निकै अर्थपूर्ण हुने अनुमान गरिएको छ।
कार्यक्रम २०८२ साल माघ १७ गते शनिबार हुने कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरुलाई सहभागिताका लागि अनुरोध समेत गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
