काठमाण्डौ-४ मा एमालेको टिकट प्रकरण रोचक बन्दै :धर्मदत्त देवकोटाको संभावना बढेको चर्चा
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
नेकपा एमालेले देशका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेपनि काठमाण्डौ क्षेत्र नं ४ मा भने अझै सम्म को उम्मेदवार बन्ने भन्ने निर्क्यौल भैसकेको छैन।
नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराईले मैदानमा आउन अनिच्छा व्यक्त गरे संगै उचित उम्मेदवारको खोजीमा रहेको नेकपा एमालेले पुराना नेता धर्मदत्त देवकोटालाई टिकट दिने सम्भावना बढेको चर्चाले राजनीतिक माहोल निकै तातेको छ।
माघ ४ गते दिनभर बुढानिलकण्ठ नगरपालिकाका पुर्व प्रमुख उद्दव खरेलको नाममा चर्चा व्यापक बने पनि माघ ५ गते बिहान देखि नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को पार्टी वृतमा देवकोटाको नाम एकाएक चर्चामा आएको छ।
रास्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष समेत रहेका देवकोटा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनको तर्फबाट काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचन परिचालन कमिटीको संयोजक रहेका थिए।
