पार्टीले विस्वास गरेर जिम्मेवारी दिए काठमाडौं -४ को मैदानमा आउन तयार छु: मुरारी भन्डारी
कपन अनलाइन
काठमाडौं, माघ ५ ।
युवा नेता मुरारी भन्डारीले नेकपा एमाले काठमाडौं क्षेत्र -४ मा पार्टीले विस्वास गरेर टिकट प्रदान गरेमा आफू मैदानमा उत्रिन तयार रहेको बताएका छन।
पार्टी एकता प्रक्रियामा सामेल हुँदै नेकपा एमाले प्रवेश गरेर विभिन्न मोर्चा तथा आन्दोलनमा सकृय रहेका भन्डारीले क्षेत्र -४ मा देखीएको उम्मेदवार चयनको अन्यौल चिर्दै आफुलाइ विस्वास गरेमा दरिलो ढंगमा लाग्ने बताएका छन।
नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य रहिसकेका उनि शिक्षा, सहकारी तथा समाजसेवाको क्षेत्रमा लामो समय देखि कृयाशिल रहदै आएका छन।
तपाइँको प्रतिक्रिया ।
