आभा महिला बचत तथा ॠण सहकारी संस्था लि.को आयोजनमा रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ ४।
आभा महिला बचत तथा ॠण सहकारी संस्था लि. को २० औं स्थापना दिवसको अबसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य र उपप्रमुख अनिता लामाको विशेष आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे त संस्थाको अध्यक्ष सरोज कुमारी झा, उपाध्यक्ष सुनिता डंगोल, सचिव शोभा तिमल्सिना, ब्यबस्थापक जनार्दन दाहाल, उपसमितिका सदस्यहरु र सल्लाहकारहरु प्रमिला सापकोटा र सुभद्रा कोइराला लगायतको उपस्थितिमा भएको रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।
तपाइँको प्रतिक्रिया ।
