बाबु आऊ : सुशील आचार्य (बाल गीत)

बाबु आऊ : सुशील आचार्य (बाल गीत)

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।

ए बाबु आऊ गीत सुनाऊ स्कुलमा गाएको
अनि दिउँसो भोकलाग्यो होला के खाजा खाएको

साथिभाईसँग के खेल खेल्यौ ल आऊ त देखाई
सबिस्तार भन तिमीले मलाई कस्तो छ पढाई
गुरू बा अनि गुरूआमाले माया नै गरेर
के सोध्नुभयो भन त तिमी अगाडि सरेर ।

साथिभाई संग के गर्छौ तिमी भेटेको बेलामा
लौ झेल गरि खेल्छौ कि तिमी खेलेको बेलामा
ल है त बाबु आमा बासँग बसेर एकै छिन
बाल ब्यबहार बारेको कुरा गरौं है मिलाई दिन ।

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।