मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा

मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,माघ १ ।

मार्वलस र बाल दीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले १६ अंक योगदान गरे । अर्नव महर्जनको १३ अंक सहयोगमा बाल दीक्षाले सेवा सदनलाई ३८–२८ ले हरायो ।
सिनियर ब्वाइजमै गोल्डेनपिकले माइलस्टोनर्ला ४८–३७ ले पाखा लगायो । गोल्डेनपिकका विजय तामाङले १९ स्कोर गरे । सेमिफाइनलमा गोल्डेनपिकको भेट मार्वलससंग हुनेछ । बाल दीक्षाको प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी छ । शुक्रबार भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिकबीच हुने सिनियर ब्वाइजको अन्तिम क्वाटरफाइनलको विजेताले बाल दीक्षाको सामना गर्ने छ ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इडेन ब्रिज एकेडेमी (इबीए) ले गोल्डेन फ्लावरलाई ३२–१९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनफिल्डका किस्मत ढकालले १२, गोल्डेनपिकका सुजल तामाङले ८, ग्रिन लन्सका विजय मगरले ४ र इबीएका प्रसिक श्रेष्ठले १४ स्कोर गरे ।
सेमिफाइनलमा ग्रिन लन्सले ग्रिनफिल्ड तथा इबीएले गोल्डेनपिक विरुद्ध खेल्ने छन् । सिनियर गल्र्सको सेमिफाइनल समीकरण यसअघिनै पूरा भइसकेको छ । सेमिफाइनल केएमसी र चेल्सी वल्र्ड स्कुल तथा द चाँदबाग स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्सबीच हुनेछ ।

तपाइँको प्रतिक्रिया ।