सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बुढानिलकण्ठ नगरपालिकाको आग्रह !

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बुढानिलकण्ठ नगरपालिकाको आग्रह !

कपन अनलाइन

काठमाण्डौ ,माघ १ ।

बुढानिलकण्ठ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सबै साना तथा ठूला उद्योग, प्रतिष्ठान, संघ–संस्था तथा निकायहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गरेको छ।

नगरपालिकाले दर्ता, नवीकरण वा नगरपालिकाबाट प्रदान गरिने कुनै पनि प्रकारका सेवा लिँदा सामाजिक सुरक्षा कोषमा आबद्ध भई आवश्यक प्रक्रिया पूरा गरेको एकिन भएपछि मात्र सेवा प्रदान गरिने स्पष्ट पारेको छ।

यस सम्बन्धमा सबै सरोकारवाला रोजगारदाता, उद्योगी, व्यवसायी तथा संस्थाहरूलाई तोकिएको व्यवस्थाअनुसार कार्यान्वयन गर्न र गराउन नगरपालिकाले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।