लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने  ४ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने  ४ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,माघ १ ।

काठमाडौंको  सितापाइलामा  ट्राफिक सप्ताह  अन्तर्गत  आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा  लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् ।

जसमा यात्रुवाहक बसका चालक ३  जना  र  भाडाको ट्याक्सी  चालक  १ जना  रहेका  छन् ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल र  लागुऔषध नियन्त्रण  व्युरोबाट  खटिएको  संयुक्त  टोलीले  आज  दिउँसो १८ ओटा सवारी  साधनका चालकलाई चेक  गर्दा ४ ओटा सवारी  साधनका  चालकले  लागुपदार्थ  सेवन गरी  सवारी  साधन चलाएको पाइएको  हो  ।

नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन  |

यात्रु बोक्ने  जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।