चार मुक्तक : तिलक गाउँले
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
मुक्तक १
नचाएर चुरोटलाई नाचेको छौ मातमा
उडाएँ सोच्छौ धुवाँ, उडेको छौ साथमा
बाचुन्जेल जल्ने जलाउनेहरू पनि,
दुश्मनी भुलेर पुग्छन् मसानघाटमा ।
मुक्तक २
खुट्टा धुने सबैले भने सदा सुहागन भनि
भनेनन् कसैले सहनु हुँदैन दमन भनि
जन्ती बनेर आए मलामी बन्छु भन्नेहरू,
उठाए डोली र अर्थी हाम्रो यो चलन भनि ।
मुक्तक ३
भन्थ्यौ तिम्रो तल मेरो माथि गर्धन राख्नेछु
हर कदममा तिमीले दिएको वचन राख्नेछु
ब्यापारी रहेछौ खरिद गरेर राख्नु तिमीले,
लिलाममा अब यो मेरो टुटेको मन राख्नेछु ।
मुक्तक ४
आँखा बन्द गरेर विश्वास नगर्नु कसैको भर हुँदैन
नबोल्नु त्यो कुरा जसले सकारात्मक असर हुँदैन
आफ्नो अस्तित्वको ख्याल गर्नुपर्छ आफैँले,
सङ्गत नगर्नु तिमीले जहाँ तिम्रो कदर हुँदैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
