कपन बहुमुखी क्याम्पसमा “कसास काब्य वाचन” को चौथो श्रृङ्खला सम्पन्न

कपन बहुमुखी क्याम्पसमा “कसास काब्य वाचन” को चौथो श्रृङ्खला सम्पन्न

कपन अनलाइन

काठमाडौं,पुस ५।

प्रत्येक महिनाको पहिलो शनिबार हुदै आएको कपन साहित्य समाजको नियमित मासिक कसास काब्य वाचन कार्यक्रमको चौथो श्रृङ्खला  शनिवार कपन क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ ।

समाजका परिकल्पनाकार स्व. पूर्ण प्रकाश नेपाल ‘यात्री’ को १३ औ  पूण्य स्मृतिको अवसरमा वहाँको तस्विरमा माल्यार्पण सहित सुरु गरिएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उप प्रमुख अनिता लामा, साहित्यकार कृष्ण धरावासी, हेमनाथ पौडेल, बिष्णु शर्मा पराजुली, ओमप्रसाद कोइराला, निमबहादुर ओली, जगत उपाध्याय, मित्रलाल पङ्गेनी, त्रिलोचन आचार्य, विनोद दहाल ‘बत्स’, दुर्गा अधिकारी भमरकोटे, गिरिराज सुवेदी, शालिग्राम ढकाल, मञ्जु बिमली, भावना बराल, पुष्पा बराल, जमुना आचार्य, लक्ष्मण प्रसाद अधिकारी, निबन्ध आचार्य, श्याम रिमाल, आर.एम.डङ्गोल, डा.बिष्णु के.सी., महेश्वर खनाल, माधवलाल श्रेष्ठ, गिता मिश्र पुडासैनी, नारायण नेपाल, अल्फिफोहेन फाक्लुप्पा लगायत ३० जना साहित्यकारहरुले आफ्नो रचना बाचन गरेका थिए ।

समाजका सचिव त्रिलोचन आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले समाजले यस क्षेत्रका साहित्यकारहरलाई अझै फराकिलो दायरामा समेट्दै साहित्यिक गतिविधि बढाउनु पर्नेमा जोड दिएका थिए  भने विधेष अतिथि धरावासीले साहित्य समाजको दर्पण भएकोले साहित्यकार हरु नविन सभ्य समाजको निर्माण गर्न प्रेरित गर्ने साहित्य सिर्जना तर्फ उन्मुख हुनुपर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।