चार मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाडौं,पुस ५।
डुङ्गा खियाऊ बहना छ
फेवातालकै लहना छ
अग्लो हाचो सम्मै पार्ने
हाम्रो भित्री चहाना छ ।
द्यौरालीमा भाँतिभाति
फुल्यो लालुपाती
समता र चेतनाको
बाटो सारै जाति ।
उठेँ उठेँ
जबर्जस्ती उठेँ
म यसरी उठेँ कि
बस्नै नसकी सर्लम्मै भूईंमा सुतेँ ।
आगोसँग अँगेनामा
मीत लगाउने बेलामा
पूmलको के उपादेयता यहाँ
शीत उग्राउने मेलामा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
