रेनुलाई रिभेरा इन्टरनेसनल एकेडेमीको सम्मान

रेनुलाई रिभेरा इन्टरनेसनल एकेडेमीको सम्मान

कपन अनलाइन

काठमाडौं,पुस ४।

रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीबार नगद १० हजारसहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए ।
उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, स्कुल व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भट्टराई, स्कुल सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ र प्रिन्सिपल प्रज्ज्वल कोईरालाले सम्मान गरे ।
रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन् । रेनु नेपाल तेक्वान्दो संघको आयोजनामा डिसेम्बर १ देखि ६ तारिखसम्म भएको १३ औं कोरियन एम्बेस्डर इन्टरनेसनल तेक्वान्दो ओपन च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् ।
रेनु र नेगी राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छन् ।

तपाइँको प्रतिक्रिया ।