मेयर कप अन्तर वडा टेबलटेनिसको तयारी
कपन अनलाइन
काठमाडौं,पुस ४।
ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस २० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले जनाएका छन् ।
ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ रहेको प्राविधिक प्रमुख निकेश जोशीले जानकारी दिए । पुस २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु ललितपुर महानगरपालिको कनिवहालमा हुनेछ ।
तपाइँको प्रतिक्रिया ।
