आयोजक काष्ठमण्डप सेमिफाइनलमा

आयोजक काष्ठमण्डप सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २९।

आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले संस्कृतिलाई ३१–७ को फराकिलोअन्तरले पराजित ग¥यो ।
गल्र्समै द एक्सेल्सियर स्कुल, मातृभूमि, काठमाडौं मेरिडियन, दीक्षालय, काष्ठमण्डप ‘बी’ र इम्पेरियल वल्र्ड क्वाटरफाइनलमा पुगे ।
ब्वाइजमा काष्ठमण्डप ‘बी’, टीआईए, कान्तिपुर, मातृभूमि, काष्ठमण्डप ‘ए’ बूढानीलकण्ठ, मल्पी सिटी र रिलायन्स को–एडले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
फुटसल ः
फुटसलको सिनियर ब्वाइज र गल्र्समा सेमिफाइनल समीकरण तयार भएको छ । जुनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
सिनियर ब्वाइजमा एक्सेल्सियरले मातृभूमि तथा काष्ठमण्डप ‘ए’ ले वेदव्याससंग सेमिफाइनल खेल्ने छन् । गल्र्समा रातो बंगलाले वेदव्यास तथा ग्यालेक्सी पब्लिक स्कुलले एभीएम विरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
जुनियर ब्वाइजको क्वाटरफाइनलमा एक्सेल्सियर र मातृभूमि, पुष्पाञ्जली र लिटिल वन्डर, काष्ठमण्डप ‘ए’ र काठमाडौं प्रज्ञाकुञ्ज तथा ग्यालेक्सी र विद्यावाणीबीच हुनेछ ।

तपाइँको प्रतिक्रिया ।