चार मुक्तक : नबराज अधिकारी

चार मुक्तक : नबराज अधिकारी

कपन अनलाइन

काठमाडौं ,मंसिर १८।
मुक्तक १
मौका खोज्दै हिन्नेको कुनै घर हुदैन
बिचार बिग्रेका हरूको कुनै थर हुदैन
खाकै थालमा थुक्नेबानी परेका हरू,
छेपारोझै कतिनेला रङ् फेर्छन भर हुँदैन ।
मुक्तक २
चिन्ता लाग्छ रहनेहोसकी नरहने होस्
आफ्नो बेथा खोइ कस्लाइ कहने होस्
बाँच्नेै मुस्किल परिसक्यो देश तलाई,
सन्तान राक्षसको डसाइ कति सहने होस् ।
मुक्तक ३
आउने जाने बिचको दोबाटो हो जीवन
मिलन बिछोड् आँसुको टाटो हो जीवन
लोभ मोह कोभारी बोक्दा बोक्दै थाकिन्छ,
जिउन जाने फूल नजाने माटो हो जीवन ।
मुक्तक ४
सामानको भाउमा मान्छे बेचेर जागेकाहरू
मौका छोपेर आफ्नै दुनु सोझ्याउन लागेकाहरू
चोरको खुट्टाकाट भन्दा खुट्टा उचाल्छन,
आफ्नी आमाको गहना लुटेर भागेकाहरू ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।