कर्म : गङ्गा आचार्य सापकोटा ( कविता )

कर्म : गङ्गा आचार्य सापकोटा ( कविता )

कपन अनलाइन

काठमाडौं ,मंसिर १८।
कर्मले मान्छे ईश्वर बन्छ
कर्मले मान्छे दुच्छर बन्छ
झर्छ ओरालो चढ्छ उकालो
कर्मको नै हो खेल सबै यो ।१।

कर्म हामीले गर्नु छ राम्रो
होस् निकै दामी जीवन हाम्रो
कर्ममा खट्ता उन्नति हुन्छ
सानले हामी बाँच्न सकिन्छ ।२।

कर्मले जो छन् हीन बनेका
छन् र ती मान्छे माथि पुगेका?
कर्मको यस्तो ओज बुझौँ न
लुप्त रहेको शक्ति झिकौँ न ।३।

आलसी बानी गर्नुहुँदैन
लक्ष्य जे हो त्यो भुल्नुहुँदैन
चेतना हाम्रो पर्दछ खुल्नु
कर्मले आफ्नो भाग्य छ लेख्नु ।४।

उच्च आशाको दीप जलाऔँ
साधनामा नै चित्त लगाऔँ
साँच्चिकै तारा झार्न सकिन्छ
कर्मले फड्को मार्न सकिन्छ ।५।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।