काठमाडौं क्षेत्र-४ बाट महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिदै मैदानमा शिव प्रसाद भट्टराई

काठमाडौं क्षेत्र-४ बाट महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिदै मैदानमा शिव प्रसाद भट्टराई

कपन अनलाइन

काठमाडौं, मंसिर १३।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शिव प्रसाद भट्टराई काठमाडौं क्षेत्र -४ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन।

लामो समय देखी काठमाडौंको एमाले राजनीतिमा सकृय रहेका भट्टराई काठमाडौं क्षेत्र ४(१) का नेता तथा कार्यकर्ताहरुको एकमना समर्थनमा चुनावी मैदान ओर्लिएका छन।

यस क्षेत्रमा सर्वसम्मतिको अथक प्रयास सफल हुन नसकेको अवस्थामा आफू निर्वाचनको मैदानमा आएको बताउदै उनले सहयोगका लागि सबै पार्टी सदस्यहरुलाई आग्रह समेत गरेका छन।

समन्वयकारी र निरन्तर कृयाशिल नेताको पहिचान बनाएका भट्टराईले नेकपा एमालेको वडा तह देखि जिल्ला हुँदै प्रदेश कमिटी सम्म योगदान दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।