उम्मेदवारी फिर्ता भन्ने हल्ला मात्र हो, म चुनावी मैदानमा छु : केदारराज पुडासैनी

उम्मेदवारी फिर्ता भन्ने हल्ला मात्र हो, म चुनावी मैदानमा छु : केदारराज पुडासैनी

कपन अनलाइन

काठमाडौं, मंसिर १३।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नम ४ को खुल्ला क्लस्टरमा उम्मेदवारी दिएका केदारराज पुडासैनीले आफुले कसैलाई समर्थन नगरेको र उम्मेद्वारी फिर्ता पनि नलिएको बताएका छन।

महाधिवेसन प्रतिनिधिमा पुडासैनीको दावेदारी दरिलो बने पछि चुनावी प्रकृयालाई प्रभावित पार्न उम्मेद्वारी फिर्ता लिइएको हल्ला चलेपछि उनले कपन अनलाइन संग कुरा गर्दै त्यस्तो हल्लाको पछि नलाग्न आम पार्टी सदस्यहरुलाई अनुरोध समेत गरेका छन।

नेकपा एमाले ओखलढुंगा – काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष हुदै केन्द्रीय सम्पर्क समन्वयमा सदस्य रहेर काम गरिसकेका पुडासैनी त्रिभुवन विश्व विद्यालयमा सह प्राध्यापकका रुपमा लामो समय योगदान पुर्याएका पुराना नेता समेत हुन्।

२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमालेको प्यानल नै विजयी बनाउनका लागि निर्णायक भूमिका खेलेका पुडासैनी २०५० को दशक देखि नै तत्कालिन काठमाण्डौ क्षेत्र नं १ ,२ हुदै बनेको क्षेत्र नं ४ मा विभिन्न भूमिकामा सक्रिय रहदै आएका छन।

नेकपा एमालेको संगठन विस्तार र चुनावी मोर्चामा पद र ओहोदा नहेरी पार्टीको काममा निरन्तर लाग्ने छवी बनाएका पुडासैनीले  काठमाण्डौ  क्षेत्र नं ४ मा बुद्दिजीवी सहयोग समितीको अध्यक्षका रुपमा समेत योगदान पुर्याएका छन भने २०७९ मा विषम भनेर विस्लेषण गरिएको वडा नं १२ मा नेकपा एमालेलाई प्यानल नै विजयी बनाएर पार्टी जीवनमा चर्चा समेत कमाएका छन

 

तपाइँको प्रतिक्रिया ।