काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा रति महर्जनको उम्मेद्वारी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा रति महर्जनको उम्मेद्वारी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १२।

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा रति महर्जनले  उम्मेद्वारी दिएकी  छन।

नेकपा एमालेको ११ औ महाधिवेसनको प्रतिनिधिका लागि काठमाण्डौ क्षेत्र नं ४ बाट नेतृ महर्जनले उम्मेद्वारी दर्ता गराउदै सहयोगका लागि अनुरोध गरेकी छन।

राजनीतिमा महिला नेतृहरूको भूमिका केबल कोटा पूरा गर्ने विषय मात्र होइन, लोकतन्त्रलाई गहिरो, समावेशी र प्रभावकारी बनाउने आधार  रहेको भन्दै महर्जनले महिला सहभागिताविना स्थायी विकास, शान्ति र न्याय कल्पना गर्न नसकिने धारणा राखेकी छन।

सामाजिक जीवनमा भएको अनुभव, दशकअघि गरिएको सामाजिक सेवाको गतिविधि, विविध जनआन्दोलनमा गरेको सक्रिय भूमिकाका आधारमा काठमाण्डौ क्षेत्र नं ४ का सदस्यहरुले आफुलाई जिताउने विस्वास व्यक्त गर्दै उनले राजनीतिक जीवनमा लागेपछि सत प्रतिसत  समर्पणका साथ काम गर्नु पर्ने बताएकी छन।

तपाइँको प्रतिक्रिया ।