तारकेश्वर नगरापालिकाको आयोजनामा चौथो मेयर रनिङ सिल्ड भोलिदेखि हुने

तारकेश्वर नगरापालिकाको आयोजनामा चौथो मेयर रनिङ सिल्ड भोलिदेखि हुने

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १२।

तारकेश्वर नगरापालिकाको आयोजनामा चौथो मेयर रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ खेलमा प्रतिस्पर्धा हुने तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले जनाएका छन् ।
फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, बास्केबटल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ । ६४ विद्यालयका २ हजार ६ सय ८२ खेलाडी सहभागी हुने छन् ।
समग्रमा टिम च्याम्पियनले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुनेले ४० रुपैयाँ नगद पुरस्कार पाउने तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष एंव प्रतियोगिता संयोजक विक्रम खड्गीले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।