काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा लक्ष्मी प्रसाद संग्रौलाको उम्मेदवारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १२।
काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा लक्ष्मी प्रसाद संग्रौलाले उम्मेद्वारी दिएका छन। नेकपा एमालेको ११ औ महाधिवेसनको प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएका संग्रौला पुर्व जिल्ला कमिटी सदस्य तथाबुढानिलकण्ठ नगर कमिटी इन्च्र्ज समेत रहेका थिए।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका संग्रौला लामो समय देखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहदै आएका छन।
सहकारी तथा सामाजिक सेवामा समेत क्रियाशील रहेका उनि हाल बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितीको संयोजक समेत रहेका छन।
तपाइँको प्रतिक्रिया ।
