काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा राजन कुमार पोखरेलको उम्मेद्वारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १२।
काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा राजन कुमार पोखरेलले उम्मेद्वारी दिएका छन। नेकपा एमालेको ११ औ महाधिवेसनको प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएका पोखरेल हाल जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक समेत रहेका छन।
करिव २५ वर्ष देखि सहकारी क्षेत्रमा सक्रिय रहेका पोखरेल यस अघि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव समेत रहिसकेका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सदस्य तथा सहकारी विभाग प्रमुख समेत रहेका पोखरेल नेपाल ह्यान्डबल संघका उपाध्यक्ष समेत रहेका छन।
स्थानीय तहको निर्वाचन परिचालन कमिटीको सचिवालय सदस्य तथा अनुगमन समिति प्रमुख रहेर सफलतापुर्वक जिम्मेवारी बहन गरेका पोखरेल राजनीति संगै विभिन्न व्यवसायिक र सामाजिक संघ संस्थाहरु संग आवद्ध रहेका छन।
बुढानिलकण्ठ नगरपालिकाका ८ वडा रहेको प्रदेस क्षेत्र नं २ का संयोजक समेतरहिसकेका पोखरेललाई स्वाभाविक र शशक्त दावेदार मानिएको छ ।
