काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने विश्वनाथ योन्जनको तयारी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने विश्वनाथ योन्जनको तयारी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ७।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य विश्वनाथ योन्जनले ११ औ महाधिवेसनमा प्रतिनिधिका लागि उम्मेद्वारी दिने तयारी गरेका छन।लामो समय देखि राजनीति र समाजसेवामा सक्रिय रहेका उनले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिको उम्मेद्वारी दिने तयारी गरेका हुन्।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वासिन्दा योन्जन प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद हुन् भने उनले सांस्कृतिक क्षेत्रमा पनि लामो समयदेखी योगदान पुर्याउदै आएका छन।

बुढानिलकण्ठ फुटबल एकेडेमीका आध्यक्ष समेत रहेका योन्जन नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी शहरी विकास विभागका सह संयोजक समेत रहेका छन।

साहित्य सदन नेपालको केन्द्रीय सदस्य रहेका उनले आसन्न माहधिवेसनमा आफ्नो शशक्त उम्मेद्वारी रहने बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।