केही साइनो कविताहरू : डा. छायादत्त न्यौपाने

केही साइनो कविताहरू : डा. छायादत्त न्यौपाने

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।
सपना देख्ने आँखा
हृदय छाम्ने उत्साह
शिर ठाडो गतिवान् खुट्टा ।

खुसी खोज्दै छ मान्छे
छलछामको सहारा
देशले अघाएन मान्छे ।

सिकाइ हो जीवन
उद्देश्य छ बत्ती बाल्ने
खेल्नु छ सँगै आँगनमा ।

दृष्टि दोष कि दृश्य ?
आवरण हेर्ने आँखा
अँध्यारो पछ्याउने मान्छे ।

गाह्रो छ मन चिन्न
काँडाबिच फुल्छ पूmल
पुग्दैन सुन्दर तनले ।

सुन्दर छ जीवन
जीवन्त श्रम संस्कृति
त्याग्न सिकौं स्वार्थी विकृति ।

चलून् न हातखुट्टा
कर्मले हो देश बन्ने
भर्हुन्न खन्चुवा मुखको ।

सँगै बाँच्ने रहर
मिठो इमानी खेती
विजयी हुन्छ कर्मयोग ।

राम्रो हो बेथा बुझे
दुखी हुन्न कर्मयोगी
सजिलो छैन मानछे हुन ।

दुष्ट बाटोमै भाँचे
बेथिति बडार्ने कुचो
जेनजी काँधमा बन्दुक ?

सिकाइ हो जीवन
उद्देश्य छ बत्ती बाल्ने
खेल्नु छ सँगै आँगनमा ।

दृष्टि दोष कि दृश्य ?
आवरण हेर्ने आँखा
अँध्यारो पछ्याउने मान्छे ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।