महाकवि देवकोटाको वन्दना : पदम दाहाल (कविता )
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ६।
करिस्मा तिमी काव्यका रत्न खानी
थियो भावमा पौडिने जिन्दगानी ।
अभावै बराला ढुकेथ्यो करेसो
तिमीतुल्य स्रष्टा र द्रष्टा थियो को ? ।१।
धुवाँ एक सर्कोसँगै कल्पनामा
रहन्थ्यौ रमायो जुनी व्यञ्जनामा ।
कृपा बर्सिएछन्झरे काव्यधारा
बगेका नदी थ्यौ कि रुङ्ने किनारा ? ।२।
हलो एकनासैचलायौ हली भै
विधाका बिटा ती खलो खल्खली भैmँ ।
दियौ देवकोटा मियो पाठपत्र
कला पारखी साधना पानपात्र । ।३।
दियालो तिमी चन्द्रिकाका कला हौ
थुँगा सर्वदा बेसका वासना हौ ।
तिमी प्रेरणा स्रोत संसाधना हौ
महामान्य नेपालकैवन्दना हौ ।४।
दिवास्वप्न सोपानका एक श्रेय
कि साहित्य भण्डारका हौ अजेय ?
तुषारो छिँडीमा हुँदा घाम हौकि ?
खडेरीहुँदो निर्झरी याम हौ कि ? ।५।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
