चार मुक्तक : रामकुमार श्रेष्ठ ‘फुच्चे’
कपन अनलाइन
काठमाण्ड,कार्तिक ३०।
चाडपर्वमा सुनसान यस्तै यस्तै छ गाउँघरमा,
को आफ्नो को पराइ चिन्दैन तिम्रो शहरमा ।
बुढा बाआमाको ईच्छा चाहनालाई मनमै मारेर,
वृद्धाश्रम पठाईन्छ राखिदैन आफ्नो वरपरमा ।।
खहरे नि डगमगाउँछ तिमीलाई देखेपछि,
फुलहरू नि मगमगाउँछ तिमीलाई देखेपछि ।
जुन हेरेर टोलाउन पुग्छु तिम्रै यादमा किन,
दीयो पनि जगमगाउँछ तिमीलाई देखेपछि ।
सरकार रोजगार दिलाउछु भन्छ राजधानी बसेर,
लुट्न मै व्यस्त छन् कोही आफैआफैमा कम्मर कसेर ।
जन्ती अनि मलाम जाने भेटिन छाडीसके गाउमा अचेल,
दैनिक लाखौं नौजवान युवाहरू सबै मुग्लान पसेर ।।
सबै कुराको रहर हरायो एक्लोपन रमाइलो मानेको छु,
तिम्रो खुशीको बजारमा आँशुको पसल थापेको छु ।
जिन्दगी नै दिँदा समेत पुग्दैन कसै कसैलाई यहाँ,
बोलेर गलत भईन्छ रत अन्तिम उपाय मौनता राखेको छु ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
