मनमैजु माध्यमिक विद्यालय तारकेश्वर नगरपालिका–५ मा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २६।
मनमैजु माध्यमिक विद्यालय, तारकेश्वर नगरपालिका–५, काठमाडौंले शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले नेपाल सरकारको शिक्षक सेवा सम्बन्धी नियमावली अनुसार प्रावि तह, तृतीय स्तरमा स्थायी शिक्षक पदका लागि आवेदन माग गरेको हो।
विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार दरखास्त दिने उम्मेदवारले सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ।
दरखास्त फाराम विद्यालय कार्यालयमा उपलब्ध हुनेछ र अन्तिम मिति २०८२ मंसिर १२ गतेसम्म आवेदन दिन सकिने विद्यालयले जनाएको छ। लिखित परीक्षा मिति २०८२ मंसिर १६ गते तोकिएको छ भने अन्तर्वार्ता आवश्यकतानुसार लिइनेछ।
उम्मेदवारले शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, अनुभव प्रमाणपत्र, दरखास्त शुल्क तिरेको भौचर र अन्य आवश्यक कागजातहरूका प्रतिलिपिहरू संलग्न गर्नुपर्नेछ। आवेदन फाराम र अन्य जानकारीका लागि विद्यालयको इमेल manaschool2013@gmail.com वा फोन नम्बर ०१–४३५६१६७ मा सम्पर्क गर्न सकिनेछ।
विद्यालयका शिक्षक छनोट समितिका सदस्य सचिव सिताराम महर्जनद्वारा जारी सूचनामा योग्य र इच्छुक उम्मेदवारलाई तोकिएको समयमा दरखास्त दिन आग्रह गरिएको छ।
