रोहितले दार्जिलिङमा टेनिस खेल्ने

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।

नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित बुधबार जाँदै छन् ।
रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा खेल्ने छन् । डबल्समा रोहितले स्थानिय जोली टार्गेनसंग मिलेर खेल्ने छन् ।
पुरुष÷महिला सिंगल्स र भेट्रानको विभिन्न उमेरसमूहको ६ गरी ८ स्पर्धामा खेल हुनेछ । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८० हजार रुपैयाँ रहेको छ ।

राष्ट्रिय तमू भेडा कप फुटबल बिहीबारदेखि
खोटाङ्गे गुरुङ युवा समूह, काठमाडौंको आयोजनामा प्रथम राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
सेभेन ए साइड स्वरुपको प्रतियोगितामा २६ टिमको सहभागिता रहने आयोजक समूहका अध्यक्ष संगित गुरुङले जनाएका छन् । प्रतियोगितामा सम्बन्धित जिल्लाका गुरुङ खेलाडी मात्र सहभागी हुन पाउने छन् ।
विजेताले १ लाख नगद पुरस्कारसहित भेडा, उपविजेताले ५० हजार र तेश्रो हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उद्घाटन गर्ने तीनदिने प्रतियोगिताका खेलहरु कपनको आकाशेधारास्थित ह्यान्डबल ग्राउन्डमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।