दीपावलीको दियो यसपालि मधुरो छ : उमङ्ग शाह

दीपावलीको दियो यसपालि मधुरो छ :  उमङ्ग शाह

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १५।

लक्ष्मीमातालाई भित्राउनु छ,
सुख–शान्तिऐश्वर्य ल्याउनु छ,
तर के गर्नु खै !
दीपावलीको दियो यसपालिमधुरो छ ।

पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा,
थाम्नलाई बलियाहात रहेनछन् थाहाभो ।
भैगो ! समाजगुहारौँ भनेथेँ,
आफ्नै स्वर भासिइसकेछ थाहाभो ।

व्याधा कस्तो ! बालखाका रगतबग्दै गर्दा,
चित्तउसको दुख्दो रहेनछ थाहाभो ।
समाज खै ! हुँडार प्रवृत्तिहावी भएछ,
प्राण नउड्दै सिकार लुछ्न चुक्दो रहेनछ थाहाभो ।

बुद्धको सन्देश, भृकुटीको त्याग, सहिदको बलिदानभुल्दा,
निश्चलतादुर्लभ भो, धमिलो पानीआज बढी रुच्दो रहेछ थाहाभो ।
सत्यनिष्ठा, न्यायप्रेमी गोर्खालीको वीर गाथाखोइ ?
निर्भय खुकुरी बरु कोमलथियो,
कुटिलताको बधसालामाकलमले बढी रेट्दो रहेछ थाहाभो ।

आत्मानुभूतिमाथि सहानुभूतिहावी छ ।
भावनाबजारमा बिक्रीहुँदै गर्दा,
किन्नेको होड यहाँचल्दो रहेछ थाहाभो ।
कालो–सेतो, सेतो–कालो फरक छुट्याउनै गाह्रो,
धुर्तले अनेक रंग आफ्नै भर्दो रहेछ थाहाभो ।

आमालाई हँसाउनु छ, तर खै ! रित्तिएका काख छन्, कुल्चिएका भाव छन् ।
मलमभन्दागहिरो घाउ, इट्टा भन्दा जीवनको भाउ यहाँ सस्तो छ ।
छिपेका स्यालकाहुई–हुई पनि फेरि उही,
पोखिएका रगत माथि हानथाप, जुवाको खाल छ ।
खै ! कसरी मनाउने तिहार ?
दीपावलीको दियो यसपालि साह्रै मधुरो छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।