फूलबनी यो धर्ती सजाओ : विनोद अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
प्यारा भाइ, बहिनीआओ !
फूलबनी यो, धर्ती सजाओ !
फूलफूलेको, कस्तो राम्रो !
फूलझै फुल्दछ, जीवनहाम्रो ।। १ ।।
मनमा ठूला, सपना राख
हरक्षण बन्नू, ज्ञानी, चलाख
व्यर्थै समय, फाल्नु हुँदैन
कैल्यै दुर्गुण, पाल्नु हुँदैन ।। २ ।।
जुनकिरी जस्तै, झिलमिलगर्दै
सधैँ उज्यालो, ज्योति छर्दै
नित्य अगाडि बढनुपर्छ
चित्तलगाई पढनुपर्छ ।। ३ ।।
आफ्नो संस्कृति, धर्म, कलाको
आदर गर्नू, विज्ञ, बडाको
गर्दैरहनु, राम्राकाम
जसले राख्दछ, ठूलो नाम ।। ४ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
