श्री युवा जनजागरण माध्यमिक विद्यालयमा गणित शिक्षकको आवश्यकता

श्री युवा जनजागरण माध्यमिक विद्यालयमा गणित शिक्षकको आवश्यकता

कपन अनलाइन

काठमाण्डौ,असोज ६ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३, झुल्नेता स्थित श्री युवा जनजागरण माध्यमिक विद्यालय मा गणित विषयका लागि एक जना शिक्षकको आवश्यकता भएको विद्यालय व्यवस्थापन समितिले सूचना प्रकाशित गरेको छ।

विद्यालयको मिति २०८२/०६/०२ को निर्णयअनुसार मिति २०८२/०६/०५ गतेको विज्ञापन दरखास्त आह्वान गरी ७ दिनभित्र योग्य नेपाली नागरिकहरूले आवेदन दिन आग्रह गरिएको छ।

पद विवरण:

  • पद : शिक्षक

  • तह : माध्यमिक

  • विषय : गणित

  • संख्या : १

शैक्षिक योग्यता:

मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषयमा कम्तीमा स्नातक तहको उपाधि प्राप्त गरेको र स्थायी अध्यापन अनुमतिपत्र (मा.वि. तह) भएको हुनु पर्नेछ।
उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

अन्य विवरण:

  • परीक्षा दस्तुर : रु १५००

  • परीक्षा प्रकार : लिखित, मौखिक तथा कक्षा परीक्षण

  • दरखास्त दिने अन्तिम मिति : २०८२/०६/१२

  • पेश गर्ने स्थान : विद्यालय कार्यालय

  • सम्पर्क नं. : ९८४८७८६७५१, ९८०८१६२७१७, ९८६०५४३४५७

तपाइँको प्रतिक्रिया ।