ताजा पुनर्लेखन : वासुदेव पौडेल (कविता)
कपन अनलाइन
काठमाण्डौ,असोज ४।
भ्रष्टाचार सफाइमा प्रविधिमा स्वतन्त्र आन्दोलन
दम्भी त्यो सरकार आक्रमणमा जेन्जी निहत्था जन ।
सत्ता रक्तपिपासु कारक भयो हत्या जता घाइते
आगो घ्यू घुसपैठ स्वर्थ लुटमा भागे सबै नाइके ।।
नौलो यो इतिहासका रचयिता छोरा र छोरी जन
तिम्रो यो जन भेलमा फोहरका दुर्गन्ध भेटी तन ।
काला कर्तुतका दराज घरमा थन्क्याइयको जति
भ्रष्टाचार हटाउने सपथ यो राजस्व वा तस्करी ।।
आमा रोदन छिन् निराश मनमा उत्साह हुर्काउने
आफ्नो यो घर हस्तक्षेप नहुने दुष्कर्म पन्छाउने ।
संबैधानिक राजमार्ग छ यहाँ ताजा पुनर्लेखन
साझा यो घर देश नागरिकको भावी छ पुस्ता जन ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
