नेपाल तरुण दल बुढानिलकण्ठ-१० को सभापतिमा बिरेन्द्र बस्नेत, को को बने पदाधिकारी तथा सदस्यहरु ?
कपन अनलाइन
काठमाण्डौ,भाद्र १७।
नेपाल तरुण दल बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सभापतिमा बिरेन्द्र बस्नेत निर्वाचित भएका छन।भाद्र १७ गते मिलनचोक पाटी भेन्युमा भएको अधिवेशन बाट अध्यक्षमा बिरेन्द्र बस्नेत सहित ११ कार्य समिती सर्वसम्मत निर्वाचित भएका हुन।
सो समितीको उपसभापतिमा मिलन लामा र रमा राउत निर्वाचित भएका छन भने सचिवमा शारदा खतिवडा र शम्भु थापा निर्विरोध निर्वाचित भएका छन।
सहसचिवमा मनिष श्रेष्ठ निर्वाचित भएको त्यस्तै सो समितिको सदस्यहरुमा निशान घिमिरे,टिना गड्तौला,बन्दिता भुषाल,राजकुमार कार्की र पुष्पा भुषाल चयन भएका छन।
नेपाली कांग्रेस बुढानिलकण्ठ -१० का सचिव एवं तरुणदल कार्यवाहक सभापति नवराज वन (नवीन) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्याम संगत,वाग्मती प्रदेश माननीय मिना पराजुली ,प्रदेश ख सभापति राम प्रसाद लुइँटेल ,नगर सभापति राजाराम बुढाथोकी , तरुण दल केन्द्रीय साद्स्यहरु रन्जित केसि, जीवन श्रेष्ठ ,जिल्ला सदस्य सत्य श्रेष्ठ, वडा सभापति नारदमणि घिमिरे ,महासमिति सदस्य बिनोद चालिसे ,तरुण दलका केन्द्रिय सदस्यहरु,तरुणदल क्षेत्रीय कार्यवाहक सभापति सोबिन्द्र घले लगाएत पाटिको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

