गजल : लक्ष्मी स्मृति
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
बैगुनीलाई गुनलगाउनु भुल रैछ मेरो ।
आफ्नै ठानी पछि आउनु भुल रैछ मेरो।
सुखदुःखतितोमिठो सबै भयो ब्यर्थ,
ढुंगा जस्तो मन समाउनु भुल रैछ मेरो ।
मेरो जस्तै उन्को मुटु पनि होला कोमल,
सम्झिएर नजिक धाउनु भुल रैछ मेरो ।
अब म त एक्लो छैन सुनाएर जूनलाई,
आधा रातमागुन्गुनाउनु भुल रैछ मेरो ।
थाहा थिएन म भत्किएर रमिता हुनेछु,
खण्डहरमा दिप जगाउनु भुल रैछ मेरो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
