मुक्तक : गोविन्दराज पौडेल

मुक्तक : गोविन्दराज पौडेल

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १४।

म माटो प्रेमीहुँयहीधर्तीको माटो नै कमाउँछु
लाग्दैन छुन घिन यीहातले माटो नै समाउँछु
माटोमै जन्मे अब फेरि हुनेहो माटो नै दिन एक,
माटैमा फुल्छन् फुलअनेक माटो मै रमाउँछु ।

तिमीले हुन्छ मात्रै भनत सङ्गमरमर झैँ टल्काउने छु
तिम्रादुःखपीर बेदनाहरू सबै आगो झँै सल्काउने छु
सक्छ्यौ तिमीले मलाई बिश्वास गर्न जीवनमाभने,
तिमीलाई रस मीठो मौरीको महमाझैँ पल्काउने छु ।

तिमीलाई माया गरेर त कहिल्यै पनिनथाक्ने भाको छु
तिमी मेरैहौ त्यसैले देबीदेउरालीपनिनभाक्ने भाको छु
तिमी छौ र कालु पूर्णिमाको चाँद उदाउँछ मेरो जीवनमा,
कसम योदिलमातिमीबाहेक अरुलाई नडाक्ने भाको छु ।

तिमीले पवित्र र चोखो मेरो मायाको मर्म बुझ्दै बुझिनौ
बुझपचाएर होकि किन मेरो मायाको धर्म बुझ्दै बुझिनौ
तिमीले नै भन्थ्यौ नि सच्चामाया, परमात्मा हो ईश्वर हो,
मायागर्न पाइन्छ भन्नेले मेरो मायाको कर्म बुझ्दै बुझिनौ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।