दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबलमा काठमाडौं जेभियरको जित

दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबलमा काठमाडौं जेभियरको जित

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

काठमाडौं जेभियर्स पब्लिक स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले वेब्सलाई ६०–३१ ले सहजै पराजित गर्यो  । विजेताका सुवर्ण भुजेलले २२ अंक जोडे ।
सिनियर ब्वाइजमै नेमोनिक मोर्डन एकेडेमीले विट्स एकेडेमीलाई २५–१३, एम्बासडरले इस्टपोललाई ४०–१३ र सर्वनम शिक्षालयले बाल संसारलाई ४३–१८ ले हराए । नेमोनिकका करण राईले १०, एम्बसडरका विसन खड्काले २४ र सर्वनम शिक्षालयका निग्मा शेर्पाले १४ स्कोर गरे।
सिनियर गल्र्समा बागमती बोर्डिङ स्कुलले भेनस पब्लिकलाई १३–८, योङ हार्ट्स एकेडेमीले विट्स एकेडेमीलाई १३–६, बाल संसारले इस्टपोललाई १०–२ र लर्डस् लाइट एकेडेमीले सीसीएसलाई १६–१४ ले पाखा लगाए । बागमतीकी स्मृति पोखरेलले ४, योङ हार्ट्सकी प्राश्ना केसीले ६, बाल संसारकी विपसना गिरीले ४ र लर्डस् लाइटकी डोमी शेर्पाले ६ अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।