गीत : लीलाराज दाहाल
कपन अनलाइन
काठमाडौँ, साउन ३१।
तिमी हिँड्ने बाटोमा फूल छरिदिउँला
पैताला टेक्ने ठाउँ नरम राखिदिउँला !
मनमा छन् के कुरा, नलुकाइ भन
पछि त के होला, धड्कन बढ्ला झन
तिमीलाई सिँगारी चट्ट पारिदिउँला
पैताला टेक्ने ठाउँ नरम राखिदिउँला !
कहिले हो तिमीले वाचा कसम खाने
पर्खेरै बित्ने भो कहिले तिमीलाई लाने
तिमी मुस्कुराए त जूनै टिपिदिउँला
पैताला टेक्ने ठाउँ नरम राखिदिउँला !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
