कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच प्रायोजन सम्झौता

कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच प्रायोजन सम्झौता

कपन अनलाइन

काठमाडौँ, साउन २७।

कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच एक वर्षका लागि प्रायोजन सम्झौता भएको छ ।

नयाँ बानेश्वरस्थित कृष्णा फाउन्डेसनको कार्यालयमा आयोजित एक कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुजित कुमार कर्ण र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताको रकम भने गोप्य राखिएको छ ।

यस सम्झौताअनुसार कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमको जर्सी उपलब्ध गराउनुका साथै जर्सीमा फाउन्डेसनको नाम पनि अंकित हुनेछ । फाउन्डेसनले भविष्यमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन गर्न समर्पित नेपालको अग्रणी शिक्षा परामर्शदाता कृष्णा फाउन्डेसनले खेलकुदको माध्यमबाट शिक्षा र विद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताएको छ ।

तपाइँको प्रतिक्रिया ।