हिउँको सिरानी : बालकृष्ण गजुरेल (कविता )
कपन अनलाइन
काठमाडौँ, साउन २४।
म खोज्दै छु —
अग्लो कुनै माथ,
जहाँ बादलहरू शिर झुकाइ
शान्तिको गीत सुनाउँछन्।
जहाँ हीउँले ढाकेका हुन्छन्
पीडाका बर्बर घाउहरू —
न देखिने, न देखाइने
बिडम्बनाहरू।
म त्यहीँ
कुनै मौन चुलीमाथि
प्रेमको जरा रोप्न चाहन्छु,
जहाँ शब्दहरू नफुटून्,
तर स्पर्श बोलून्।
तिमी पनि आउनु,
तिमी — ओसिला मनकी मान्छे,
तिमी — चुपचाप बज्ने गीत
हामी हिउँको सिरानीमा टेकेर
बाँच्नेछौँ त्यो क्षण,
जहाँ न बिर्सनु पर्छ,
न सम्झनुपर्छ ।
केवल एक आत्मीय श्वास —
एक अमर मौनता —
र एउटा इतिहास,
जुन हामीले लेख्नेछौं
साक्षी राखेर
जुनी जुनीको लागि ।
तपाइँको प्रतिक्रिया ।
