Texas Toppers` Talk-2 वक्तृत्वकला प्रतियोगिता सम्पन्न, को को बने विजेता ?
कपन अनलाइन
काठमाडौं, साउन २४ ।
टेक्सास इन्टरनेसनल कलेज र कपन अनलाइनको आयोजनामा दोश्रो Texas Toppers` Talk कार्यक्रम सम्पन्न भएको छ।
शैक्षिक विकासमा अनलाइन / ईन्टरनेटको महत्व विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा विभिन्न क्षेत्रका ३३ विध्यालयको सहभागीता रहेको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा विजेता विध्यार्थीहरुलाइ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा बुढानिलकण्ठ -५ मा रहेको फ्युजन एकेडेमीका आशिष सिंह धामीले प्रथम स्थान हाशिल गर्दै नगद ९ हजार पुरस्कार प्राप्त गरेका छन भने बुढानिलकण्ठ -१२ मा रहेको घटराज मेमोरियल स्कुलकि श्रमिका लुइँटेलले दितिय स्थान प्राप्त गर्दै नगद ६ हजार पुरस्कार प्राप्त गरेकी छन ।
त्यस्तै सो प्रतियोगितामा तृतीय स्थान हाशिल गर्दै बुढानिलकण्ठ -१३ मा रहेको बेद ब्यास बोर्डिङ स्कुलकि सामना गौतमले नगद ३ हजार प्राप्त गरेकी छन भने बुढानिलकण्ठ -१२ को त्रि ज्योति मावीकि अग्रता नेपाल र बुढानिलकण्ठ -२ को लिटलमुन इङलिस स्कुलकी उमा पुरीले सान्त्वना पुरस्कार सहित नगद १ हजार प्राप्त गरेका छन।
बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समितिकी संयोजक शान्ता ढकाल पुडासैनीले संचालन गरेको समापन कार्यक्रममा टेक्सास इन्टरनेसनल कलेजका प्रमुख श्याम सुन्दर श्रेष्ठ, LEADS का अध्यक्ष बिष्णुचन्द्र अधिकारी, SAAT का अध्यक्ष विनय श्रेष्ठ लगायतले विध्यार्थीहरुलाइ प्रेरणादायी सम्बोधन गरेका थिए ।
सो प्रतियोगितामा प्राज्ञ डा. देवकी आचार्य, बरिस्ठ पत्रकार श्याम रिमाल र प्रहरी निरीक्षक जय नारायण सिंह निर्णायक रहेका थिए ।
