चार मुक्तक : सम्झना थापा मगर
कपन अनलाइन
काठमाडौँ, साउन २४।
तुच्छ वचन लगाए पनि शान्त रहन सक्नुपर्छ
नदि झैँ सधैं गतिशील रूपमा बहन सक्नुपर्छ
मान्छे बन्नको लागि फलाम जस्तै कुटिनुपर्छ यहाँ,
जति दुःख आए पनि जिन्दगीले सहन सक्नुपर्छ ।
मिठो अनि सभ्य बोली बिकाउन सक्नुपर्छ,
अरूलाई असल संस्कार सिकाउन सक्नुपर्छ ।
घमण्ड र अहङ्कारले बिग्रन्छन् सम्बन्धहरू,
राम्रो व्यवहारले सम्बन्ध टिकाउन सक्नुपर्छ ।
दुःख बेचेर खुसीको अंश किन्न समय लाग्छ
यो भागदौडमा आफैंलाई उछिन्न समय लाग्छ
अरुको भरोसा त गर्दै नगर्नुस् यो कलियुगमा,
यहाँ मान्छेले मान्छेलाई चिन्न समय लाग्छ ।
दिन दुःखीहरू प्रति मायाको खानी बन्नुपर्छ
जीवनमा,कहिले आगो त कहिले पानी बन्नुपर्छ
घमण्ड कत्ति नगर्नुस् मित्र त्यो रूप र जवानीको,
एक न एक दिन अवश्य जलेर खरानी बन्नुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
