कबा सम्मान २०८१ : दुर्गा अधिकारी भमरकोटे

कबा सम्मान २०८१ : दुर्गा अधिकारी भमरकोटे

कपन अनलाइन

काठमाडौँ, साउन २४।

१. चौध वर्षमा
कपन बानेश्वर
हामी हर्षमा ।
२. बढाई शान
कपन बानेश्वर
गर्छ सम्मान ।
३. थापा मदन !
साहित्यमा उत्कृष्ट
तिम्रा कदम ।
४. चन्द्रा न्यौपाने
सम्मानित विशिष्ट
काव्य सुधाले ।
५. विष्णु पन्तले
सेवारत काव्यमा
ताने मन्त्रले ।
६. साहित्यसँग
समर्पित मुरली
पर्दैछन् दङ्ग ।
७. समाजसेवी
हाम्रा शम्भु चालिसे
हृदयदेखि ।
८. काव्य सुचाल
साहित्यिक प्रतिभा
रञ्जु खनाल ।
९. सुन सहेली !
पुरस्कृत सुरेश
विधा सुसेली ।
१०.वारिपारिका
अविचल उद्धव
पत्रकारिता ।
११.राजेशमान
उत्कृष्ट छन् रचना
कबा नालाङ्ग ।
१२.साहित्य वर
सम्मान छ प्रीतिमा
श्यामा पुष्कर ।
१३.रामकुमार
कबा गङ्गा लिगल
हो पुरस्कार ।
१४.पूजा शाहीमा
हेमगङ्गा इनाम
स्रष्टा गरिमा ।
१५. शुभभावना
सम्मानित सबैमा
शुभकामना !
१६.बनौं सरिक
दान पुण्य गरेर
हुन्नौं गरिब ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।