चार मुक्तक : नवशिला

चार मुक्तक : नवशिला

कपन अनलाइन
काठमाडौँ, साउन १७।
छिनमै सोच बदल्छ विचार बदल्छ
आफ्नै धरातल बिर्सेर आधार बदल्छ
मान्छे मान्छे हुन सकेन कहिल्यै पनि,
न आफू बदलिन्छ न व्यवहार बदल्छ ।

सम्झिएर खेलेका छन् खेल जिन्दगानी
बनेको छ आफैँ भित्र फेल जिन्दगानी
तड्पिएर भत्किएर बाँच्ने कहिलेसम्म,
भएको छ सत्य कसम जेल जिन्दगानी ।

असल नीति नियम आचार बनाउनु छ
अपनत्व हुने छुट्टै आधार बनाउनु छ
मनका रिस अनि द्वेष हरूलाई त्यागी,
सबैलाई अटाउने संसार बनाउनु छ ।

वारीपारी बनी बग्ने किनार भयो जीवन
आफ्नै मुटु रेटिरहने धार भयो जीवन
दुष्कर्मको अग्नि भित्र आफैँ जली जली,
समाप्त भो हेर्दाहेर्दै क्षार भयो जीवन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।